बैशाख २८, २०८१, शुक्रबार
               

मिडिया विधेयक यथास्थितिमै आउँदैन : अध्यक्ष दाहाल

नेपाल फ्ल्यास
जेठ २९, २०७६

ADVERTISEMENT

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधवार गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको टिप्पणी गरेका हुन ।

अध्यक्ष दाहालले भने, 'मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ ।' सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उनले जति गृहकार्य भएर विधेयक आउनु पर्थ्यो त्यति नभएको बताए ।

आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने उनले बताए ।

सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उनले यो विषय नयाँ नभएको उनले प्रतिक्रिया दिए । दाहालको भनाइ थियो- 'मिडियामा बढी नै नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ । यो पुरानै हो । हामी सहमतिबाटै अघि बढ्छौँ ।'

अध्यक्ष दाहालले चितवनमा बन्न लागेको रङ्गशालामा सरकारले सहयोग गर्ने बताए । आफैँले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटी रङ्गशालालाई सरकारले प्रोत्साहन गर्ने भनी नीति तथा कार्यक्रममा समावेश गरेको उनले जानकारी दिए । उनले भने, 'चन्दाले मात्रै ठुला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ ।”

धुर्मुस सुन्तली फाउण्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थानीयले बार भत्काएपछि हाल काम रोकिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि