बैशाख २८, २०८१, शुक्रबार
               

प्रहरीमाथि ढुंगा प्रहारपछि बल प्रयोग भएको हो : गृहमन्त्री

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

काठमाडौं : गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेहरूले प्रहरीमाथि ढुंगामुढा गरेकाले सरकारले बल प्रयोग गर्नुपरेको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् ।

नेपाली कांग्रेसले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक अवरुद्ध गरेर गुठीसम्बन्धि विधेयकको विरोध र प्रदर्शनकारीमाथि बल प्रयोग भएको विषयलाई लिएर जवाफ मागेको थियो ।

स‌ंसदमा त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

माइतीघर मण्डलामा जेठ २६ गते गुठी सम्बन्धी विधयेकको विरोधमा गरिएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको थियो ।

गृहमन्त्रीले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै केही संस्था, समिति, सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए ।

यातायात अवरोध हटाउने क्रममा पानीको फोहोराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको दाबी मन्त्री थापाले गरे ।

प्रदर्शनकारीको तर्फबाट पनि बल प्रयोग भएको र प्रहरीलाई ढुंगा प्रहार गरेपछि त्यसलाई नियन्त्रण गर्ने काम भएको उनले बताए ।

गृहमन्त्रीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाइने भए पनि सुरक्षाकर्मीलाई ढुंगा हान्ने, इँटा हान्ने र उनीहरूको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई लोकतान्त्रिक अधिकार मान्न नसकिने टिप्पणी गरे ।

गृहमन्त्रीले घटनाको सरकारले नैतिक जिम्मेवारी लिँदै छानबिन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री थापासँग केही सांसदले प्रतिप्रश्न गरेका थिए । कांग्रेसका सांसद बालकृष्ण खाँणले सरकारले जिम्मेवारी लिनुपर्छ कि पर्दैन? भनेर प्रश्न गरेका थिए । त्यस्तै कांग्रेसकै सचेतक पुष्पा भुसालले गृहमन्त्री थापाले नेवा: आन्दोलनलाई अरु संघ संस्थासँग जोडेर यो आन्दोलन भइरहेको भनेर आन्दोलनलाई कमजोर बनाउने काम गरेको भन्दै घटनाप्रति सरकारले खेद प्रकट गर्नुपर्ने र जिम्मेवार हुनुपर्ने बताइन् ।


कस्तो लाग्यो ?

यो पनि