जेठ ०५, २०८१, शनिबार
               

नेपाल-भारत सीमा विवाद कूटनीतिक वार्ताबाटै हल गर्ने परराष्ट्रमन्त्रीको भनाइ

नेपाल फ्ल्यास
असार १५, २०७७

ADVERTISEMENT

पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान गर्ने बताएका छन् । 

उनले भने,  ‘हामी नेपाल-भारत सीमा विवाद वार्ताबाटै समाधान गर्छाैँ ।’ 

सोमबार  राष्ट्रिय सभाकाे बैठकमा विशेषा समय  बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले  यस्तो बताएका हुन् ।

इतिहासले गाँठो कसेर छोडेको विषय भएको  भएको बताउँदै उनले यो विषय सम्वादबाटै समाधान हुन्छ, गर्नुपर्छ र गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताए । 

नेपाल र भारतबीच पछिल्लो समय लिम्पयाधुरा, कालापानी र लिपुलेकमा सीमा विवाद चर्किएको छ । गत नोभेम्बरमा भारतले लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक नोट पठाएर विरोध गरेको थियो । तर, भारतले १९ नाेभम्बर २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालकाे लिम्पियाधुरालगायतकाे भूमि समेटेको थिएन । 

तर कोरोना महामारीकै बेलामा भारतले नेपालकाे भूमिमा बनेको बाटो उद्घाटन गरेपछि नेपाल भारत सीमा चर्किएको छ । 

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको छ । त्यसअनुसार निशान छाप परिर्वतन भई हाल कार्यान्वयनमा आएको छ । 


कस्तो लाग्यो ?

यो पनि