जेठ ०५, २०८१, शनिबार
               

पद्मश्री साधना सम्मान पुरस्कार रद्द

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पद्मश्री साधना सम्मान पुरस्कार रद्द भएको छ ।

पुरस्कारका लागि छनोट भएका सञ्जीव उप्रेतीले यौन हिंसाको आरोप लागेका मोदनाथ प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन नसक्ने बताएसँगै प्रश्रितले विज्ञप्ति जारी गरी पद्मश्री साधना सम्मान नलिने घोषणा गरेपछि सो पुरस्कार रद्द भएको हो । 

सो पुरस्कारका लागि मोदनाथ प्रश्रित र सञ्जीव उप्रेती छनोट भएका छन् । 

सो विवादसँगै खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पद्मश्री पुरस्कार यस वर्ष कसैलाई पनि नदिइने बताएका छन् । पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्देश्य नभएको बताउँदै लामिछानेले स्रष्टाहरुको आत्मसम्मानमा ठेस लागेकोप्रति क्षमायाचना गरेका छन् ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय  भएको थियो ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन–तीन लाख छ ।

विसं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार दिइँदै आइएको छ । 

त्यस्तै विसं २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिने गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि