बैशाख २३, २०८१, आइतबार
               

यो खेल के हो ?

जाभेद अख्तर
फागुन २४, २०७६

ADVERTISEMENT

कविता

यदी यही हो खेल

त्यसो भए यो खेल के हो ?

थाहा छैन कहिलेदेखि म यी सवालहरुले घेरिएको छु 

मेरो विपक्षीले चाल चलेका छन् 

र अब मेरो चालको प्रतिक्षामा छन् 

तर म कहिलेदेखि 

सेतो कोठा 

सियाह–खानामा राखिएको 

कालो–सेतो गोटी देख्छु 

 

म सोच्छु 

यो गोटी के हो 

यदी म बुझूँ

कि यो जुन गोटी छ 

केवल काठको खेलौना हो 

त्यसो भए जित्नु के हो, हार्नु के

न यो जरुरी छ 

न महत्वपूर्ण छ 

 

यदी न जित्‍नुको कुनै खुसी छ  

न हार्नुको कुनै दुख छ 

त्यसो भए खेल के हो 

म सोच्छु जब खेल्नुपर्छ

तब आफ्नो दिलमा यकिन गर्न सकूँ

यो गोटी साँच्चैको बादशाह यो मन्त्री 

साँच्चैका हुन् ती प्यादा (सैनिक)    

र यीनको अगाडि छ 

दुश्मनको त्यो फौज

जसले मलाई ध्वस्त पार्ने सारा योजना 

सारा इरादा राख्छ 

 

तर मैले यस्तो मानें पनि 

म सोच्छु 

यो खेल कहिले भयो 

यो जंग हो, जसलाई जित्नुछ 

यो जंग हो, जहाँ सबै जायज छ 

कोही मसँग यस्तो भन्न सक्छ 

यो जंग पनि हो 

यो खेल पनि हो 

यो जंग हो, तर खेलाडीहरुको 

यो खेल हो, जंगजस्तै 

 

म सोच्छु 

जो खेल छ 

यसमा यस्तो नियम किन छ 

कुनै गोटी रहोस् वा जाओस् 

तर जो बादशाह छ 

उसमाथि कुनै आँच नआओस् 

मन्त्रीलाई मात्रै छ त्यस्तो अनुमति 

कि उ चाहेको ठाउँमा जान सकोस् 

 

म सोच्छु 

जो खेल छ 

यसमा यस्तो नियम किन छ 

पियादा (सैनिक) जो आफ्नो घरबाट निस्कन्छ

फर्किएर जान पाउँदैन 

 

म सोच्छु 

यदी यही हो नियम

त्यसो भए नियम के हो ?

यदी यही हो खेल 

त्यसो भए यो खेल के हो ?

थाहा छैन कहिलेदेखि म यी सवालहरुबाट घेरिएको छु 

मेरो विपक्षीले चाल चलेका छन् 

र अब मेरो चालको प्रतिक्षामा छन् 

अख्तर भारतका चर्चित कवि, सामाजिक अभियन्ता तथा फिल्म लेखक हुन् ।

कस्तो लाग्यो ?

यो पनि