बैशाख १४, २०८१, शुक्रबार
               

'अमेरिकामाथि जुनसुकै बेला चीनले आणविक हमला गर्छ'

नेपाल फ्ल्यास
मंसिर ०२, २०७८

ADVERTISEMENT

चीनले केही महिना अगाडि गरेको हाइपरसोनिक मिसाइल परीक्षण संसारभर पुगेको बताउँदै अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले चीनले अमेरिकामा कुनै दिन अकस्मात् आणविक हमला गर्न सक्ने चेतावनी दिएका छन् । 

अमेरिकी सेनाका उपप्रमुख जनरल जोन हाटेनले भने, ‘केही महिना अगाडि चीनको हाइपरसोनिक मिसाइल विश्वभर पुगेर हाइपरसोनिक ग्लाइड मिसाइल खसाल्यो, जुन पुनः चीनमै फर्कियो । उसले कुनै पनि बेला अमेरिकालाई निशाना बनाउन सक्छ ।’ चीनले आश्चर्यजनक ढंगले आणविक हतियार विकसित गरेको भन्दै उनले कुनै दिन चीनले अमेरिकालाई हमला गर्न सक्ने बताए । 

‘अत्याधुनिक क्षमताका यस्ता हतियार चीनले किन बनाइरहेको छ ?’ अमेरिकी टेलिभिजन च्यानल सीबीएसँगको एक अन्तर्वार्तामा उनले भने, ‘ चीनले विकसित  गरेका हतियार नयाँ हुन भन्ने मलाई लाग्छ । ’

ताइवानबारे चीनको विवाद बढिरहेका बेला चीनले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । सुरुमा गोप्य राखेको बताइएको सो परीक्षणबारे उसले गत महिना पहिलो पटक मुख खोलेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा चीनले तीव्र गतिमा आणविक हतियार विकसित गरेको र एक दशकभित्र यो संख्या १ हजार पुग्ने उल्लेख छ । अमेरिकासँग अहिले तीन हजार ७५० आणविक हतियार छन् । 


कस्तो लाग्यो ?

यो पनि