चैत १५, २०८०, बिहीबार
               

सांगितिक महोत्सवमा भागदौड मच्चिदा अमेरिकामा ८ जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

 टेक्सास । अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागदौड मच्चिदा कम्तीमा ८ जनाको मृत्यु भएको ।

ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौँ घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरु अत्तालिएका थिए ।

भिड बढिरहेका बेला र्‍यापर ट्राभिस स्कट आफ्नो प्रस्तुति दिइरहेका थिए । ७५ मिनेट लामो प्रस्तुति अवधिमा उनी धेरै पटक रोकिएका थिए। दर्शकहरूबीच तनाव बढेपछि बीचमा रोकिएका थिए ।

उनले भिड नियन्त्रण गर्न स्टेजबाट पटक पटक सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । महोत्सवमा करिव ५० हजारको सहभागिता थियो । 

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द भएको थियो । एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुन्छ । कोभिडका कारण गत वर्षको महोत्सव स्थगित भएको थियो । 

यो पनि