बैशाख २२, २०८१, शनिबार
               

अमेरिकाले युद्ध अपराध गरेको तालिबानको आरोप

एजेन्सी
असोज १३, २०७८

ADVERTISEMENT

अमेरिकाले अफगानिस्तानमा २० बर्षसम्म आफ्नो सैन्य उपस्थिति कायम राख्दा देशमा युद्ध अपराध गरेको तालिबानले आरोप लगाएको छ ।

तालिबानको सांस्कृतिक आयोगका सदस्य जावाद सरगरले अफगान समाचार च्यानल टोलो न्यूजसँग भने, ‘अमेरिका यी अपराधहरुका लागि जिम्मेवार छ । किनकि उसको सेनाले अफगानिस्तानमा हमला गरेको छ। बन्दुक र हतियारले लोकतन्त्र ल्याउनु भनेको युद्ध अपराध हो ।’

अन्तर्राष्ट्रिय आपराधिक अदालतले अफगानिस्तानमा विगत २० बर्षमा तालिबान र इस्लामिक स्टेटले गरेको मानवताविरुद्धको अपराधको छानबिन गर्ने घोषणा गरेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि