चैत १५, २०८०, बिहीबार
               

तालिवान सरकारलाई चीनको समर्थन, ३ करोड डलर सहयोग घोषणा

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो । अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले चीनले अफगानिस्तानलाई ३ करोड १० लाख बराबरको खाद्यन्न, लत्ताकपडा, खोप तथा औषधीलगायतको सहयोग गर्ने घोषणा गरेका हुन् । 

इस्लामावादमा आयोजित सो वैठकमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तानका विदेशमन्त्रीहरुको सहभागीता थियो । यी सबै देश अफगानिस्तानका छिमेकी मुलुक हुन् । अफगानिस्तानप्रति सहानुभूती राख्ने अर्को छिमेकी मुलक रसिया भने वैठकमा सहभागी भएन् ।

विदेशमन्त्री वाङले पहिलो ब्याचमा चीनले अफगानिस्तानलाई ३० लाख कोभिड खोप अनुदान दिने बताए । चीनले अफगानिस्तानलाई अन्य आपतकालिन सामाग्री पनि उपलब्ध गराउने भएको छ । 

अफगानिस्तानको अर्थतन्त्र तथा समाज पुर्ननिर्माण र अतिवादी समूह तथा लागू पदार्थको गैरकानूनी ओसारपसार नियन्त्रण गर्न चीनले यस क्षेत्रका देशहरुसँग सहकार्य गर्ने जनाएको छ । 
तालिवान समूहले मंगलबार मुल्लाह मोहमद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो । सरकार गठनलाई चीनले स्वागत गरिसकेको छ । 

यो पनि