बैशाख १४, २०८१, शुक्रबार
               

तालिबानले अमेरिकी हेलिकप्टरबाट झुण्ड्यायो मान्छेको शरीर (भिडियो)

एजेन्सी
भदौ १५, २०७८

ADVERTISEMENT

अफगानिस्तानको कन्दहारमा अमेरिकी ब्ल्याक हक हेलिकप्टर उडिरहेको अनि त्यसमा गाँसिएको डोरीमा एउटा मानिसको शरीर झुण्डिरहेको भिडियो सार्वजनिक भएको छ । 

ट्विटरमा कैयौं पत्रकारले उक्त भिडियो क्लिप शेयर गर्दै तालिबान लडाकूहरूले मान्छे मारेर अमेरिकी सैन्य हेलिकप्टरमा लाश झुण्ड्याएको दाबी गरिरहेका छन् ।

भिडियोमा मानिस अमेरिकी हेलिकप्टरमा झुण्डिएको देखिन्छ । तर ती मानिस जिउँदै छन् कि छैनन् भन्ने स्पष्ट हुँदैन । विभिन्न समाचारमा तालिबहरूले मारेको मानिसको शव डोरीमा बाँधिएको भनी लेखिएको छ । 

तालिबानसँग आबद्ध रहेको भनिएको तालिब टाइम्सले लेख्यो, ‘हाम्रो वायुसेना । अहिले इस्लामिक अमिरातको वायुसेनाका हेलिकप्टरहरू कन्दहार शहरको गश्ती गरिरहेका छन् ।’

द डेली मेलका अनुसार, अमेरिकाले अफगानिस्तानलाई गत महिना कम्तीमा सातवटा ब्ल्याक हक हेलिकप्टर दिएको थियो । त्यसबाहेक विगत २० वर्षमा उनले थप उपकरणहरू बनाएको छ । रक्षासम्बन्धी सबै उपकरण अहिले अफगानिस्तानमा परित्यक्त अवस्थामा छन् ।

मंगलवार हतारहतार गरेर अमेरिका निस्कँदा ७३ वटा विमान, २७ वटा हम्भी, हतियार प्रणाली तथा उच्च प्रविधियुक्त रक्षा उपकरण बेकामे बनाएर गएको अमेरिकी सेनाको भनाइ छ ।

काबुल विमानस्थलबाट अमेरिकी सैनिकहरू हटेपछि तालिबान त्यहाँ प्रवेश गरेर चिनूक हेलिकप्टर र अन्य रक्षा उपकरणको निरीक्षण गरेको भिडियो सार्वजनिक भएको छ ।


कस्तो लाग्यो ?

यो पनि