बैशाख १४, २०८१, शुक्रबार
               

अफगानिस्तानमा बैंकहरु बन्द, खानाको अभाव !

एजेन्सी
भदौ ०५, २०७८

ADVERTISEMENT

अफगानिस्तानमा सबै बैंकहरु विगत सात दिनदेखि बन्द छन् । तालिबानले केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगै बैंकहरु खुल्न नसकेका हुन् । 

तालिबानको डरले बैंकमा कोही कर्मचारी नजाँदा त्यहाँका एटीएम मेसिनहरु खाली भएका छन् । जसका कारण त्यहाँका जनताले समस्या भोग्नु परेको बिबिसीले उल्लेख गरेको छ ।

यस्तै, वेस्टर्न युनियनका शाखाहरु पनि बन्द भएका छन् । विदेशमा काम गर्नेहरुले वेस्टर्न युनियनबाट देशमा पैसा पठाउँदै आएका छन् । 

त्यहाँका एक पूर्वसैनिक पेन फार्थि सेसले भने, ‘पैसा सकिएको छ र काबुलसहित अन्य शहरहरु पनि पैसाको अभाव छ। स्टाफलाई दिने पैसा छैन र खाना र पेय पदार्थको अभाव छ । यहाँको स्थिति असहज छन् ।’


कस्तो लाग्यो ?

यो पनि