बैशाख १६, २०८१, आइतबार
               

जापानमा भारी वर्षा : स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल (भिडियो)

एजेन्सी
साउन ३१, २०७८

ADVERTISEMENT

जापानमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै झण्डै २० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ ।

फुकुओका र हिरोशिमासहितका क्षेत्रमा भारी वर्षाका कारण जोखिम आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान अपिल गरिएको हो ।

लगातारको वर्षासँगै आएको पहिरोका कारण घर भत्किँदा नागासाकीमा एक महिलाको मृत्यु भएको छ । उनका श्रीमान र छोरी बेपत्ता भएका छन् ।

उद्धार तथा राहतका लागि १५० भन्दा बढी सुरक्षाकर्मी, प्रहरी तथा अग्निनियन्त्रक खटिएका छन् ।

बेपत्ताहरुको खोजी तथा उद्धारसँगै सम्भावित लेदोसहितको पहिरोलाई लिएर चनाखो रहेको स्थानीय अधिकारीले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

जापानको पश्चिमी क्षेत्र भारी वर्षाका कारण प्रभावित भएको छ ।

अझै केही दिन जापानका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि