जेठ ०१, २०८१, मंगलबार
               

मलेसियामा दैनिक कोरोनाबाट मृतकको सङ्ख्या फेरि उच्च

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

क्वालालमपुर । मलेसियामा कोरोना भाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।  

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ संक्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या भने ९ लाख पाँच हजार ८५१ पुगेको पनि उनले बताए ।

उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि