बैशाख ०७, २०८१, शुक्रबार
               

अस्ट्रेलियाको ६० प्रतिशत मानिस लकडाउनमा

एजेन्सी
साउन ०२, २०७८

ADVERTISEMENT

अष्ट्रेलियाको झन्डै ६० प्रतिशत मानिस अहिले लकडाउनमा छन् । यहाँ उच्‍च जनसंख्या बसोबास गर्ने दुई राज्य न्यु साउथवेल्स र भिक्टोरियामा लकडाउन छ । 

संक्रमितको संख्या १८ पुगेपछि शुक्रबार भिक्टोरिया राज्यमा एक्कासी लकडाउन गरियो । देशको दोस्रो ठूलो शहर मेलवर्न यही राज्यमा पर्छ ।  महामारी सुरु भएयता भिक्टोरिया राज्यमा लकडाउन गरिएको यो पाँचौ पटक हो ।

लकडाउन आगामी मंगलबारसम्म जारी रहनेछ । देशको सबैभन्दा ठूला शहर सिड्नीसहितका भूभाग समेट्ने छिमेकी राज्य न्यू साउथ वेल्समा महामारी फैलिएपनि मेलवर्नले यसअघि महामारी नियन्त्रणमा सफलता पाएको थियो । 

६६ लाख जनसंख्या रहेको भिक्टोरिया राज्यमा मानिसहरुले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाउनेछैनन् । खाद्यान्न किनमेल, अत्यावश्यक काम, अभ्यास र खोप लगाउनका लागि मात्रै बाहिर निस्कन पाइने नियम लागु गरिएको छ । 

यसअघि नै न्यु साउथ वेल्समा पनि  जुलाईको अन्त्यसम्म लागु हुनेगरी पाँच साता लामो लकडाउन लागु गरिएको थियो । यी दुई राज्यमा अष्ट्रेलियाको कुल जनसंख्याको झन्डै ६० प्रतिशत बस्छन् । 


कस्तो लाग्यो ?

यो पनि