बैशाख १४, २०८१, शुक्रबार
               

पाकिस्तानसँगको सीमा चौकीमा तालिवानले गाड्यो झन्डा, बढ्यो त्रास

एजेन्सी
असार ३१, २०७८

ADVERTISEMENT

तालिवानले पाकिस्तानसँगको सीमा क्षेत्रमा रहेको एउटा चौकीमा आफ्नो झण्डा गाडेको छ । उक्त चौकी कब्जामा लिएको दाबी तालिवानले गरेको हो । कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । 

यता, अफगान अधिकारीहरूले चौकी कब्जा भएको विषय अस्वीकार गरेका छन् । पछिल्ला साताहरूमा तालिबान विद्रोहीहरूले देशैभरि आफ्नो नियन्त्रणलाई फैलाएका छन् ।

उनीहरूले श्रृङ्खलावद्धरूपमा सीमा चौकीहरूलाई अफगान फौजबाट आफ्नो नियन्त्रणमा लिइरहेका समाचारहरू सार्वजनिक भइरहेका छन् ।

यसरी कब्जा गरिएका सिमा क्षेत्रहरूमा इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकामा रहेका चौकीहरू रहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले तय गरेको मिति सेप्टेम्बर ११ भन्दा अघि नै अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आफ्ना आक्रमणहरूलाई सशक्त पार्दै गइरहेका छन् । 

२० वर्षअघि अमेरिकी सेनाको नेतृत्वमा तालिवानको नेतृत्वमा रहेको सरकारलाई नेटो सेनाको सहयोगमा विस्थापित गरिएको थियो । तर अहिले अमेरिकी सेना धमाधम अफगानिस्तानबाट फर्कदैछ र सेना फर्किएसँगै तालिवानले फेरि आतंक मच्चाउने त्रास छ ।

अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले सेना फर्काउने निर्णयले प्रतिकुल असर गर्ने चेतावनी दिइसकेका छन्  । 'यस्तो निर्णय अफगानी जनतालाई मृत्यको मुखमा छाडेर हिड्नु सरह हो,' उनले भने । 

यो पनि