बैशाख ०८, २०८१, शनिबार
               

बाइडेनले गरे सेना फर्काउने निर्णयको बचाउ

एजेन्सी
असार २५, २०७८

ADVERTISEMENT

आगामी ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुँदैछ । अमेरिकी सैनिकहरु धमाधम घर फर्कन थालिसकेका छन् । 

सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको कार्यको  प्रशंसा गरेका छन् ।

तर यति नै बेला तालिवानले अफगानिस्तानका गाउँहरु कब्जामा लिन थालेपछि त्रासकाे वातावरण सिर्जना भएको छ ।

बाइडेनले भने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

सधैं अशान्त अफगान 

अफगानिस्तान युद्ध सुरु भएयता अमेरिकामा चार राष्ट्रपति फेरिए पनि अमेरिकी सैनिकहरु अझै अफगानिस्तानमा छन् ।  सन् २००१ मा जर्ज डब्ल्यू बुसको नेतृत्वमा युद्ध सुरु भएको  थियो  ।

त्यसयता बाराक ओबामा र डोनाल्ड ट्रम्प सेना फिर्ता गर्न असफल रहे । यद्यपी, ट्रम्प कार्यकालमै सेना फिर्ता गर्ने विषयमा तालिवान सँग सहमति बनेको थियो , त्यस सहमतिमा मेइ २०२१ सम्म सेना फर्काउने विषय उल्लेख थियो । 

बाइडेन राष्ट्रपतिमा चुनिएपछि उनले नयाँ समयसीमा तोके । जसअन्तर्गत ११ सेप्टेम्बरमा सेना फर्काउने बताइएको थियो । तर अहिले त्यसलाई लम्ब्याएर ३१ अगस्ट पुर्‍याइएको छ ।

यो पनि