बैशाख २२, २०८१, शनिबार
               

भारतमा कोरोनाका कारण मर्नेको संख्या ४ लाख नाघ्यो

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतमा कोरोनाका कारण मर्नेको संख्या ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ९६ जनाको मृत्यु भएको छ भने ४३ हजार ३६० जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २५औँ दिन हो । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएको थियो भने मर्नेको संख्या ४ हजारको हजारको हाराहारीमा थियो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४५ लाखभन्दा बढी पुगेको छ ।

 भारतमा हाल ५ लाख १७ हजार संक्रिय संक्रमित रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि