बैशाख २२, २०८१, शनिबार
               

भारतमा ४९ हजार सङ्क्रमति थपिए

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या  तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरूले जनाएका छन् । 

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ ।  

हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार  ५८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि