जेठ ०३, २०८१, बिहीबार
               

सोमालियामा कार बम हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु

रासस
असार १४, २०७८

ADVERTISEMENT

मोगादिसु । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । 

सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकु रहेका छन् । त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए । 

यस क्रममा यहाँको सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते पनि रहेका छन् ।  त्यसैगरी, कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरुमा परी अरु कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि