बैशाख २४, २०८१, सोमबार
               

इजरायलमा १६ वर्षभन्दा कम उमेरकालाई पनि कोभिडबिरूद्ध खोप

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो ।

इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि सुरु गरिएको थियो । पहिलो चरणमा मेडिकल स्टाफ, ६५ वर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ । र १६ वर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो ।

इजरायलमा शनिबारसम्ममा करिब ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो । 


कस्तो लाग्यो ?

यो पनि