बैशाख २३, २०८१, आइतबार
               

पेस्तोलले हानेको अभिनय गर्दै टिकटकको भिडियो बनाउँदा पड्किएर युवकको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

स्वात, पाकिस्तान । भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ वर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  

काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउँदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् । 

‘हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,’ एक प्रहरी अधिकारीले भने । 

घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ । निधन भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि