बैशाख १६, २०८१, आइतबार
               

जापान पनि कोरोनाको चपेटामा

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

टोकियो । जापानमा मङ्गलबार साँझसम्म कोरोना संक्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाव पारे झैँ जापानमा पनि कोरोना संक्रमित हुने र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मङ्गलबार मात्र भाइरस संक्रमित ५५ जनाको मृत्यु भएको र यससँगै कोरोना संक्रमणबाट १० हजार ८० जनाको मृत्यु भइसकेको छ ।

जापानमा अहिलेसम्म पाँच लाख ७६ हजार ६१० कुल संक्रमित भएको राष्ट्रिय तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयले अहिले गम्भीर समस्या भई भेन्टिलेटरमा राखिएका ब्यक्तिको सङ्ख्या ९१६ रहेको देखाएको छ । जापानको राजधानी टोकियो, ओसाकालगायतका क्षेत्रमा संक्रमण दर बढी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि