बैशाख १४, २०८१, शुक्रबार
               

अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपालीलाई नववर्ष २०७८ को अवसरमा शुभकामना

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले नेपालीको नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् । २०७७ सालको अन्तिम दिन अर्थात् नववर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई एक शुभकामना सन्देश मार्फत् नववर्ष २०७८ को अवसरमा शुभकामना दिएका हुन् । 

मंगलबार जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली नयाँ वर्ष अस्ट्रेलियाली समुदायका लागि नेपालको मौलिक संस्कार र संस्कृति अनुभव गर्ने अवसर हो। अस्ट्रेलियाको युवा र ऊर्जावान समुदायको रूपमा तपाइँहरु हुनुहुन्छ, तपाइँहरुसँग सहकार्य गर्न धेरै बाँकी छ।’

मारिसिनद्वारा जारी शुभकामना सन्देशमा कोरोना भाइरसको प्रकोपको अवस्था भएकाले सुरक्षित भएर नयाँ वर्ष मनाउन पनि आग्रह गरिएको छ । 

यो पनि