जेठ ०२, २०८१, बुधबार
               

म्यानमारमा थप १६ प्रदर्शनकारीको मृत्यु

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

शनिबार म्यानमारमा सुरक्षाकर्मीले गोली चलाउँदा थप १६ प्रदर्शनकारीको मृत्यु भएको छ। सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा सुरक्षा फौजले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । म्यानमारमा  फेब्रुअरी १ मा भएको सैन्य कुपछि विभिन्न सहरमा प्रदर्शन हुँदै आएका छन् । 

अपदस्थ सांसदहरुले बनाएको सीआरपीएच नामक समूहका प्रवक्ता डा. सासाले एक अनलाइनसँग कुरा गर्दै शनिबारको दिन म्यानमारको सशस्त्र बलका लागि निकै लाजलाग्दो दिनको रुपमा रहेको बताए।

म्यानमार सरकारविरुद्धको प्रदर्शनमा हालसम्म ३०० बढीको मृत्यु भइसकेको छ। शनिबार म्यानमारको सेनाको स्थापना दिवस हो।

शनिबार यांगुन सहरमा एक प्रहरी चौकीबाहिर भएको प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको थियो। त्यहाँ १० जना घाइते भएका थिए।  त्यस्तै अर्को एक सहरमा प्रहरीले ३ जनामाथि गोली चलाएको थियो। उक्त प्रदर्शनमा त्यहाँको २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमका एक खेलाडीको पनि मृत्यु भएको छ ।

त्यसका साथै लाशियो, बागो र होपिन सहरमा भएका गोली प्रहारका घटनामा गरी १६ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।शनिबार म्यानमारको सेनाका प्रमुखले आफूहरुले जनतासँग मिलेर काम गर्न चाहेको बताएका थिए। एक मुख्य सामाजिक अभियानका अनुसार त्यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ३२८ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि