जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट जर्मनीमा ६० हजारभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

बर्लिन । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ ।

इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड संक्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् ।

उक्त अवधिमा जर्मनीमा संक्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ । जर्मनीमा महामारी सुरूभएपछि अहिलेसम्म २० लाख व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोरोनाको सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो ।

अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति संक्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार संक्रमित व्यक्तिको मृत्यु भएको छ ।  


कस्तो लाग्यो ?

यो पनि