जेठ ०३, २०८१, बिहीबार
               

म्यानमार : सेनाको हातमा सरकार, एक वर्ष संकटकाल घोषणा

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

एजेन्सी । म्यानमारमा सेनाले सरकार हातमा लिएर एक वर्ष संकटकाल घोषणा गरेको छ । सेना समर्थित टेलिभिजनबाट भिडिओ सन्देश जारी गर्दै सरकार हातमा लिएर एक वर्षको लागि संकटकाल घोषणा गरेको विभिन्न समाचारमा जनाइएको छ ।

आज बिहानै मात्र प्रजातन्त्रवादी नेतृ आङ सान सूची, राष्ट्रपति विन मिन्टलगायत नेतालाई सेनाले नियन्त्रणमा लिएको थियो ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सूची नेतृत्वको पार्टीले सरकार गठन गर्नको लागि अत्याधिक बहुमत प्राप्त गरे पनि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।

म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो । सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन । सूचीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो । 

 


कस्तो लाग्यो ?

यो पनि