एजेन्सी । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् ।
उनलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले जनाएका छन् ।
सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको बताइएको छ ।
गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले सरकार गठनको लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको छ ।
तर, सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार (आज) हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।