जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा कोरोनाबाट ४ लाखभन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४१ लाख पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४२ लाख २६ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९४ लाख ७१ हजार ८२२ जनामध्ये २८ हजार ९३७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि