जेठ ०५, २०८१, शनिबार
               

जर्मनीमा कोरोनाबाट एकै दिन अहिलेसम्मकै धेरै जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

बर्लिन । कोरोना भाइरसबाट संक्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् ।

जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । योसँगै जर्मनीमा कुल संक्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ । 

‘कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेरै क्षति हो,’ एक अधिकारीले भने ।

महामारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । कोरोना भाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जर्मनी अग्रपक्तिबाट क्रम सङ्ख्या १० मा रहेको छ ।   


कस्तो लाग्यो ?

यो पनि