जेठ ०१, २०८१, मंगलबार
               

बेइजिङसँग जोडिएको शहरमा संक्रमित ह्वात्तै बढेपछि हवाई र स्थलमार्ग बन्द

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

चीनले राजधानी बेइजिङसँग जोडिएको उत्तरी प्रान्त हेबेईमा एकैदिन १२० जना कोरोना संक्रमित फेला परेपछि उक्त प्रान्तमा हवाई र स्थल सम्पर्क बन्द गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार थप ५१ जनामा लक्षणसहित कोरोनाको संक्रमण पुष्टि भए पनि ६९ जना लक्षणविहीन संक्रमित भेटिएका थिए । यसैगरी, मंगलबार पनि उक्त प्रान्तमा ६३ जना संक्रमित भेटिएका थिए ।

प्रान्तीय राजधानी सिजियाझुयाङ र अर्को सहर सिङताईमा संक्रमितहरू फेला परेका हुन् । बुधबार बाहिरबाट आएका दुई जनामा पनि कोरोना देखिएको थियो ।

बुधबारसम्म हेबेईमा ९२ जना लक्षणसहित र १४९ जना लक्षणविहीन संक्रमित भेटिएसँगै पछिल्ला महिनाहरूमा चीनमा फैलिएको कोरोनाको यो सबैभन्दा ठूलो संक्रमण हो ।

सिजियाझुयाङका अधिकारीहरूले सहरका सबै १ करोड १० लाख मानिसको परीक्षण सुरू गरेका छन् । सबैभन्दा बढी जोखिममा रहेको गावचेङ जिल्लामा आइतबार ५० हजारको परीक्षण गरिएको थियो भने मंगलबार थप ६० हजारको स्वाब जाँचिएको थियो ।

सिङताईका अधिकारीले तीन दिनभित्रमा सहरका सबै ७० लाख मानिसको परीक्षण गर्ने जनाएका छन् ।

जिन सिक्वेन्सिङले सिङताईमा देखिएको भाइरस युरोपमा फैलिएकोजस्तै देखिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।सिजियाझुयाङमा अर्को वर्ष हुने विन्टर ओलम्पिकका केही खेलहरू हुने तय भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि