जेठ ०१, २०८१, मंगलबार
               

स्वदेशी कोरोना खोपलाई चीनले अनुमति दिएपछि नागरिक उत्साहित

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

बेइजिङ । अमेरिका र बेलायतलगायत विश्वका दर्जनौं देशले कोरोना खोपलाई अनुमति दिइसकेपछि चीनले आफ्नो सरकारी कम्पनी सिनोफर्मको कोरोना भाइरस खोपलाई सशर्त मञ्जुरी दिएको छ । चीनमा अनुमति पाउने कोभिड–१९ को यो पहिलो खोप हो । उक्त निर्णय बुधबार राति लिइएको चीनको चिकित्सा उत्पादन प्रशासन चेन सिफेइले बिहीबार जानकारी दिए । ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट’को यो खोपको दुई डोज दिनुपर्नेछ ।
यो सरकारद्वारा सञ्चालित सिनोफर्मको सहायक कम्पनी हो । उक्त औषधि कम्पनीले बुधबार उसको खोप जाँचको अन्तिम चरणको प्रारम्भिक नतिजाअनुसार संक्रमणबाट बचाउनमा ७९ दशमलव ३ प्रतिशत प्रभावकारी पाइएको छ । सिनोफर्म विश्वका ती पाँच चिनियाँ कम्पनीहरूमध्ये चर्चित कम्पनी हो, जुन खोप बनाउने विश्व दौडमा समावेश छ । कोभिड–१९ ले विश्वमा अहिलेसम्म १८ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
चीनको कोरोना खोपलाई इन्डोनेसिया, युनाइटेड अरब इमिरेटस्, बहराइनलगायत केही देशले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । यद्यपि, चिनियाँ खोप सिनोभ्याकले फाइजर, अक्सफोर्डका खोपको जस्तो विश्वास हासिल गर्न सकेको छैन । चिनियाँ खोपलाई ब्राजिल, पाकिस्तानजस्ता देशहरूबाट पनि अनुमतिका लागि आनाकानी गरिरहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि