बैशाख १६, २०८१, आइतबार
               

विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

जापानले विदेशी नागरिकहरुलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । 

जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । 

यो निर्णयसँग्र अब नेपाललबाट जापान आउने विदेशी नागरिकहरु समेत जापान प्रवेश गर्न पाउन छैनन् । 

यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने जापानको विदेशमन्त्रालयले जनाएको छ ।

जापानका सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् । तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । 

शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।

कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि