मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा एकैदिन ३९१ संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
मंसिर २२, २०७७

ADVERTISEMENT

भारतमा आइतबार थप ३२ हजार ९८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । 

सो मन्त्रालयका अनुसार हाल ३ लाख ९६ हजार ७२९ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २९ औं दिन हो । 

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ३९१ जनाको मृत्यु भएको र  यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५७ पुगेको छ । 

भारतभरी सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ५२  हजार २६६ अझै पनि सक्रिय संक्रमित  रहेका आइतबार जनाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ७७ लाख ८७ हजार नमूना परीक्षण गरेको जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि