जेठ ०८, २०८१, मंगलबार
               

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मेक्सिकोमा हालसम्म १० लाख १९ हजार ५ सय ४३ जना संक्रमित भएका छन् । 

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्याका हिसाबले मेक्सिको चाैथो नम्बरमा छ ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा २ लाख ५८ हजार ३ सय ३३ जनाको भएको छ भने त्यसपछि ब्राजिल छ, जहाँ १ लाख ६८ हजार १ सय ४१ को मृत्यु भएको छ । यसैगरी, मृत्युको संख्यामा भारत तेश्रो नम्बरमा छ । जहाँ एक लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । 

दैनिक ५-६ हजारको हाराहारीमा संक्रमण थपिरहेको मेक्सिकोमा हालसम्म ७ लाख ६६ हजार भन्दा बढी संक्रमित निको भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि