जेठ ०२, २०८१, बुधबार
               

ट्रम्प इतिहासकै गैरजिम्मेवार राष्ट्रपति भएको बाइडेनको आरोप

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाएका छन् । 

कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडेनले यस्तो बताएका हुन्।

डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्विकार नगर्नुले एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन् । 

यसका अलवा बाइडेनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन्। बाइडेनले ट्रम्पलाई आफू चुनाव जित्दिनँ भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन्।

उनले भने, ‘राष्ट्रपतिले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन्। र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ।’

ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन्।


कस्तो लाग्यो ?

यो पनि