बैशाख २८, २०८१, शुक्रबार
               

भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको उत्तर प्रदेशमा जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार प्रतापगढ जिल्लामा बिवाहको लागि जन्ती चढेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ६ जना बालबालिका पनि रहेको बताइएको छ ।

मृत्यु हुने बालबालिकामा ७ देखि १५ वर्ष उमेरका रहेका छन् भने अन्यको उमेर भने २० देखि ६० वर्ष रहेको समाचारमा जनाइएको छ ।  रोकेर राखेको ट्रकमा जीप एक्कासी ठोक्किँदा उनीहरुको मृत्यु भएको हो । 

भारतीय प्रहरीका अनुसार मृत्यु हुनेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन् । उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए । 
 

यो पनि