जेठ ०१, २०८१, मंगलबार
               

चीनद्वारा अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमलालाई बधाई

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको प्रेस कन्फरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् ।

निर्वाचित राष्ट्रपतिमा जो बाइडेनलाई विभिन्न मुलुकले शुभकामना दिने क्रम चलिरहेका बेला शुक्रबार चीनले पनि बधाई दिएको हो । केही दिनअघि नेपालले पनि अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपतिलाई बधाई दिएको थियो । 

विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले बाइडेनलाई बधाई दिइसकेका छन् । प्रवक्ता वाङको भनाई उद्धृत गर्दै समाचार संस्था एपीले लेखेको छ, ‘हामी अमेरिकी नागरिकको छनोटलाई सम्मान गर्छौं । बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौं । साथै चुनावी परिणाम अमेरिकी कानुन र प्रक्रियाअनुसार पुष्टि हुन्छ भन्ने अपेक्षा राख्दछौं ।’

चीनले यसअघि अमेरिकी राष्ट्रपति बाइडेनलाई किन बधाई दिएन भनी निकै चासोका साथ हेरिँदै आइएको थियो । 

अहिलेसम्म बाइडेनले २९० इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले २१७ भोट पाएका छन् । यसअघि ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प विजयी भएको घोषणा गरिएको थियो । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिदैँछ तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्विकार गरेका छैनन् । उनको यो आरोपप्रति पूर्वराष्ट्रपति बाराक ओबामाले टिप्पणी गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि