जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाबाट वरिष्ट प्यालेस्टिनी अधिकारी इरेकातको निधन

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

रमाल्लाह । प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातको कोरोना भाइरस संक्रमणबाट मंगलबार निधन भएको छ । इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोना भाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो । 

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (आइएलओ) को कार्यकारी समितिका महासचिव समेत रहनुेका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो । 

उनलाई उपचारको लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको  केही वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि