बैशाख २५, २०८१, मंगलबार
               

भारत बिडब्लुजीको बैठक गर्न सकारात्मक

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

भारत कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रका सीमासम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री ग्रुप (बिडब्लुजी) को बैठक गर्न सकारात्मक भएको छ ।

टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बिडब्लुजीले हेर्ने सहमति दुई देशबीच भएको छ ।

नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको बताइएको छ यद्यपि सो बैठकमा विवादित कालापानी र सुस्ताको विषयमा भने कुरा नहुने बताइएको छ ।

नेपालले सो बैठक अगष्ट महिनाका लागि प्रस्ताव गरेको छ । वार्ताका लागि नेपालले दुईवटा मिति प्रस्ताव गरेको छ ।भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको छ । तर, मिति भने तय भई सकेको छैन । 

टाइम्स अफ इन्डियाका अनुसार नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको उल्लेख गरेको छ । भारत सो बैठक यही नोभेम्बरमा गर्न भारत तयार भएको छ । 

पछिल्लो समय नेपाल-भारत सम्बन्ध सुमधुर हुन सकिरहेको छैन। जसको धेरै कारणमध्ये एक सीमा विवाद पनि हो ।

यो पनि