बैशाख २०, २०८१, बिहीबार
               

बेलायतमा दोस्रो पटक देशव्‍यापी रुपमा लकडाउन घोषणा

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

बेलायतमा दोस्रो पटक देशव्‍यापी रुपमा लकडाउन  घोषणा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि आगामी बिहीबारदेखि लागू हुने सो लकडाउन घोषणा गरिएको हो ।

बेलायतमा यसअघि मार्च २३ देखि पहिलो पटक लकडाउन गरी जुलाईमा खुला गरिएको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले यो पटकको लकडाउन पहिलेजस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने  बताएका छन् ।  उनले अत्यावश्यक वस्तुबाहेकका अन्य पसल पूर्णरूपमा बन्द रहने बताएका छन् । 

त्यसैगरी उनले यो लकडाउन अविधमा हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने  बताए । ‘टेक–वे पसलहरू भने खुल्नेछन्,’ पत्रकार सम्मेलनमा उनले भनेका छन् । लकडाउन आगामी डिसेम्बर २ तारिखसम्म कायम रहने उनले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि