जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट इरानमा एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

तेहरान । इरानमा सोमबार कोरोना भाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार मात्रै २७२ जनाको मृत्यु भएको छ भने चार हजार २०० संक्रमित थपिएका छन् । अरु कतिपय देशहरुमा झैं इरानमा पनि कोरोना भाइरसको महामारीविरुद्ध सरकारले चालेका कदम विवादित बनेका छन् ।

इरानमा दैनिक मृत्यु भएकाहरुको सङ्ख्या यो महिनामा तीन अंकमा पुगेको छ । त्यो सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुने र संक्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारी अधिकारीहरुले राजधानी तेहरानको दैनिकीलाई नियन्त्रण गर्ने कडा व्यवस्थाको घोषणा गरेका छन् । 

हालै पूनः सञ्चालनमा ल्याइएका विश्वविद्यालय, विद्यालय, पुस्तकालय, मस्जीद, चलचित्र हल, संग्रालय, व्युटिपार्लर तथा सैलुनलगायतलाई फेरि बन्द गराइएको छ । सरकारले शनिबार मात्रै सार्वजनिकस्थलमा वा घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन निर्देशन जारी गरेको छ । निर्देशनको उलङघन गरेमा दण्डित गरिने चेतावनी पनि सरकारी अधिकारीहरुले दिएका छन् ।

सरकारका प्रवक्ता अलि राबिएइले कारोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुका आधारमा सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यलाई पनि कडाईका साथ अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् । 

सरकारले सुरुमा घरमै बस्न, बाहिर ननिस्कन, मास्क लगाउन, सामाजिक दुरी कायम गर्न भन्दै गरेको अपिललाई धेरैले पालना गरेपनि पछिल्लो समयमा फेरि उल्लंघन भएकाले संक्रमण दर थप बढेको सरकारी अधिकारीहरुको भनाइ छ । विश्वभरी महामारीको रुपमा कोरोनाभाइरस फैलिन लागेका वेला शुरुमा इरान महामारीको केन्द्रविन्दु जस्तै भएको थियो ।

सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्याका आधारमा इरान धेरै अगाडि रहेको थियो । तर, अहिले भने दैनिक सयौँको मृत्यु र हजारौ संक्रमित भएपनि इरान बढी प्रभावितहरुको सूचीमा १३ औँ क्रममा रहेको छ । इरान अहिलेसम्म पाँच लाख चार हजार २८१ जना संक्रमित भएका छन् भने २८ हजार ८१६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि