जेठ ०६, २०८१, आइतबार
               

इरानमा कोरोनाबाट एकैदिन २५१ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको बताउनुभयो ।

आइतबार अधिकारीहरूले दिएको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या तीन हजार ८२२ रहेको र अहिलेसम्म कूल पाँच लाख ७५ जना सङ्क्रमित भएको उल्लेख छ ।

इरानमा अहिलेसम्म निको हुने व्यक्तिको सङ्ख्या चार लाख छ हजारभन्दा बढी रहेको र चार हजार ४८२ जना सघन उपचार कक्षमा भर्ना भई चिकित्सकबाट उपचार सेवा लिइरहेको बताइएको छ ।

हाल इरानका ३१ प्रान्तमध्ये २६ प्रान्तमा कोभिड–१९ सङ्क्रमणले महामारीको रूप लिएको उल्लेख प्रवक्ता लारीले गरे । इरानमा पहिलो कोभिड–१९ विरामी गत फेब्रुअरी १९ मा पुष्टि भएको थियो । इरान र चीनबीच सङ्क्रमण नियन्त्रणका लागि आपसी सहयोग आदानप्रदान हुँदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि