जेठ ०७, २०८१, सोमबार
               

अमेरिकामा कोरोना संक्रमितको संख्या ७७ लाख नाघ्यो

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७७ लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १५ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बुधबारसम्म १० लाख ५५ हजार ९९८ जना पुगेको छ । यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६१ लाख पुगेको छ । कूल संक्रमितमध्ये दुई करोड ७१ लाख ९४ हजारभन्दा बढी हजार निको छन् भने करिब ७८ लाख ७४ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६७ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना ६७ लाख ५७ हजार संक्रमित भएका र यस संक्रमणबाट एक लाख ४ हजार ६५१ जनाको मृत्यु भईसकेको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख ७० हजार भन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४७ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४८ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २१ हजार ८६५ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।  

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । 


कस्तो लाग्यो ?

यो पनि