जेठ ०४, २०८१, शुक्रबार
               

दुई करोड २३ लाख ५३ हजारले जिते कोरोना

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

कोरोना भाइरसका कारण संसारभरी अहिलेसम्म ३ करोड बढी मानिस संक्रमित भएका छन् भने तीमध्ये साढे ९ लाख बढी मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरूले दिएको जानकारी अनुसार शनिबार दिउसोसम्म विश्वभरी कोरोना भाइरसबाट संक्रमित भएकाहरूको संख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ ।

त्यसैगरी मृत्यु भएकाहरूको संख्या नौ लाख ५६ हजार ८७६ पुगेको पनि अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । कुल संक्रमित मध्ये दुई करोड २३ लाख ५३ हजार ३०६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । त्यस बाहेक विश्वभरी अहिले पनि ७४ लाख आठ हजार ५३१ जना संक्रमित अवस्थामै रहेका छन् ।

विश्वभरी अहिले पनि संक्रमित अवस्थामै रहेका मध्ये ७३ लाख ४७ हजार ११४ जना मध्यम अवस्थामा रहेका छन् भने अरु ६१ हजार ४१७ जना गम्भीर अवस्थामा रहेका छन् । गम्भीर अवस्थामा रहेकाहरूको अनुपात कुल सक्रिय संक्रमितहरू मध्येको एक प्रतिशत मात्रै हो ।

देश अनुसार हेर्दा विश्वभरी सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म कुल ६९ लाख २५ हजार ९५१ जना संक्रमित भएका छन् । ती मध्ये दुई लाख तीन हजार १७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै संक्रमितहरू रहेको भारतमा अहिलेसम्म ५३ लाख आठ हजार १४ जना संक्रमित भएका छन् भने ८५ हजार ६२५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमितहरूको संख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४४ लाख ९७ हजार ४३४ जना संक्रमित हुँदा एक लाख ३५ हजार ८५७ जनाको मृत्यु भएको छ ।

चौथोमा रहेको रुसमा दश लाख ९७ हजार २५१ जना संक्रमित र १९ हजार ३३९ जनाको मृत्यु भएको तथ्याङ्क छ । पेरुमा अहिलेसम्म सात लाख ५६ हजार ४१२ जना संक्रमित हुँदा ३१ हजार २८३ जनाको मृत्यु भएको छ । यो कोरनो भाइरसबाट संक्रमितहरूको संख्याका आधारमा पाँचौ धेरै संक्रमितहरूको भएको मुलुकमा पर्दछ ।

त्यसैगरी संक्रमितहरूको संख्याकै आधारमा कोलाम्बिया छैठौँ, मेक्सिको सातौँ, स्पेन आठौँ, दक्षिण अफ्रिका नवौँ र अर्जेन्टिना दशौँमा पर्दछ ।


कस्तो लाग्यो ?

यो पनि