बैशाख १७, २०८१, सोमबार
               

चीन र अरू मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । 

“ककेसस २०२०” नाम दिइएको यस सैन्य अभ्यासमा सैन्य सवारी साधनका साथै चीनका नयाँ सैन्य जहाज पठाइने चीनले जनाएको छ । 

सेप्टेम्बर २१–२६ सम्म हुने यस अभ्यासमा प्रतिरक्षात्मक कौशल, युद्धमैदानको नियन्त्रण र कमान्ड समावेश हुनेछ । यस अभ्यासले चीन र रुसबीचको विशेष सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ । 

दुई दशकअघि विस्तृत रणनीतिक साझेदारीमा हस्ताक्षर गरेयता चीन र रुसबीच सैन्य र कुटनीतिक क्षेत्रमा सम्बन्धहरू निकै अगाडि बढेको छ । खासगरी यो सम्बन्ध अमेरिकी प्रभावलाई निस्तेज बनाउन निकै उपयोगी रहेको चिनियाँ अधिकारीहरूको भनाइ छ । 

सिरिया र उत्तर कोरिया समेतका विश्व मामिलामा संयुक्त राष्ट्रसंघमा हुने छलफलमा चीन र रुसबीच सहकार्य पनि हुन थालेको छ । 

यो पनि