बैशाख २०, २०८१, बिहीबार
               

अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाबाट चार लाखभन्दा बढीको मृत्यु हुने आँकलन

एजेन्सी
भदौ २२, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ ।

युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो ।

यो संख्या हाल भइसकेको मृत्यु संख्याभन्दा दोब्बर हो । यसैगरी, अमेरिकीहरूले महामारी विज्ञहरूले दिएको सुझाव अनुसार मास्क लगाएको खण्डमा मृत्यु संख्या ३० प्रतिशतले कम गर्न सकिने उसको दाबी छ ।

ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सलेसमेत मानेको इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलले प्रक्षेपण गरिएको मृत्यु संख्या आगामी दिनमा हाल भइरहेको मृत्यु भन्दा तेब्बर हुने देखाएको छ ।

हाल यो संख्या प्रतिदिन औषत ८ सय ५० छ । संस्थाले आवधिक गरेको पूर्वानुमानले डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजार नजिक पुग्ने बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि