बैशाख २१, २०८१, शुक्रबार
               

युएईमा कोरोनाबाट एक सतामा पाँच नेपालीको मृत्यु

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण विदेशमा थप पाँचको मृत्यु भएको छ । 

गैरआवासीय नेपाली संघका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएइका हुन् । योसँगै शनिबार साँझसम्म  १६ देशमा संक्रमणका कारण दुई सय नेपालीको मृत्यु भएको छ।

हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । एनआरएनका अनुसार  नेपालबाहेक विदेशमा मात्र ३४ हजार नौ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ३२ हजार नौ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जुन कुल संक्रमितको ९४ प्रतिशत हो ।


कस्तो लाग्यो ?

यो पनि