जेठ ०४, २०८१, शुक्रबार
               

विश्वमा एक करोड ८२ लाखभन्दा बढीले जिते कोरोना

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोनामुक्त भएका  छन् ।

यद्यपी विश्वमा दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस संक्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ६१ हजार ९०० जनाको मृत्यु भएको छ । 

हाल विश्वमा ६८ लाख ५६ हजार ५१७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरू मध्ये ६१ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरूको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३४ लाख ५७ हजार ४३१  जना कोरोना भाइरसमुक्त भएका छन् भने  १ लाख ८८ हजार ९०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरसमुक्त भएका छन् भने १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ । भारतमा ३७ लाख ७३ हजार ४८३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २९ लाख २ हजार ९६ कोरोना भाइरसमुक्त भएका छन् भने ६६ हजार ४९१ जनाको मृत्यु भएको छ । 

रुस १० लाख ५ हजार जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख २१ हजार १६९ कोरोना भाइरसमुक्त भएका छन् भने १७ हजार ४१४ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५७ हजार १२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ५९९ जना कोरोना भाइरसमुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ४९ हजार ९९३ कोरोना भाइरसमुक्त भएका छन् भने १४ हजार २६३ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ६९ हजार ५५७ कोरोना भाइरसमुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख २१ हजार ३७३ कोरोना भाइरसमुक्त भएका छन्  भने ६५ हजार २४१ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ७० हजार ९७३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार १५२ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ४ लाख २८ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ३ लाख ८ हजार ३७६ कोरोना भाइरसमुक्त भएका छन् भने ८ हजार ९१९ जनाको मृत्यु भएको छ । 

यो पनि