जेठ ०२, २०८१, बुधबार
               

चीनमा १७ जना कोरोना संक्रमित पहिचान

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

चीनमा पछिल्लो २४ घन्टामा १७ जना नयाँ संक्रमित पहिचान भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा २४ जना निको भएर घर फर्किएका छन् ।  केही हप्तायता चीनले आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित नभेटिएको बताउँदै आएको थियो । यसका अलवा उसले चीनमा विदेशबाट आउनेहरुमा मात्र कोरोना भाइरस देखिएको दाबी थियो । 

पछिल्लो २४ घन्टामा कोरोना पुष्टि भएका १७ जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीले बताएका छन् । चीनमा योसमेत गरी कोरोनाका कारण आठ हजार ५४८ जना सङ्क्रमित पहिचान भएका छन् भने कोरोनाका कारण चार हजार ६३४ जनाले ज्यान गुमाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि