जेठ ०४, २०८१, शुक्रबार
               

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह डिस्चार्ज

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना भएका भारतका केन्द्रीय गृहमन्त्री  अमित शाह एम्स अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि  सो अस्पताल भर्ना भएका उनी सोमबार डिस्चार्ज भएका हुन् । शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्याका कारण उनी कोरोनामुक्तपश्चात सो अस्पताल भर्ना भएका थिए । 

उनमा अगस्ट २ मा कोरोनाको संक्रमण  पुष्टि भएको थियो । उनमा कोरोना पुष्टि भएपिछ मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालबाट उनी १४ अगस्टमा डिस्चार्ज भई एम्समा भर्ना भएका थिए ।

हालसम्म भारतमा कोरोना संक्रमितको ३६ लाख १९ हजार १ सय ६९ पुगेको  छ । पछिल्लो २४ घण्टामा ७९ हजार चार सय ५७ जनामा कोरोना पुष्टि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि